आइतवारदेखि हुन लागेको लगानी सम्मेलनमा नेपालले एक सय ५१ वटा...
बैशाख १४, २०८१ शुक्रबार
काठमाण्डाै - नेपाल क्रिकेट संघ क्यानले आईसीसीमार्फत पाँच नेपाली खेलाडीलाई पाकिस्तानकाे घरेलु टी-२० लिग पीएसएलको ड्राफ्टमा राख्ने व्यवस्था मिलाउन प्रस्ताव गरेको छ ।
करण केसी, पवन सर्राफ, ललितनारायण राजभण्डारी, आरिफ शेख र बिनोद भण्डारीको नाम क्यानले प्रस्ताव गरेको हो । आईसीसीले अब क्यानले प्रस्ताव गरेको पाँच खेलाडीलाई पीएलएलको ड्राफ्टमा राख्न कोशिश गर्नेछ ।
क्यानका अनुसार २०२० को पीएसएलका लागि नेपाली खेलाडीलाई समेत ड्राफ्टमा राख्न आईसीसीमार्फत प्रस्ताव अघि बढाएको हो । क्यानले तीव्र गतिका बलर सोमपाल कामी, अविनाश बोहरा, पूर्व कप्तान पारस खड्का लगायतको नाम भने पठाएको छैन ।
पाकिस्तान क्रिकेट बोर्ड ९पीसीबी०ले फ्रेन्चाइज क्रिकेट प्रतियोगिता पीएसएल सञ्चालन गर्दै आएको छ । पीएसएलको पाँचौ सिजन अब सन् २०२० मा हुनेछ र यो प्रतियोगिता पाकिस्तानमा नै गर्ने भनेर पाकिस्तानी प्रधानमन्त्री इमरान खानले यसअघि नै बताइसकेका छन्।