आइतवारदेखि हुन लागेको लगानी सम्मेलनमा नेपालले एक सय ५१ वटा...
बैशाख १४, २०८१ शुक्रबार
काठमाण्डाै - काठमाण्डाैको खुल्लामञ्चसँगै जोडिएको गुठीको जग्गामा बनाइएका टहरामा ताला लगाइएको छ ।
काठमाण्डौ महानगरपालिकाका उपमेयर हरिप्रभा खड्गीको नेतृत्वमा गएको टोलीले गुठीको जग्गामा बनेका टहरामा ताला लगाइएको हो । काठमाण्डौका सम्पदा संरक्षण गर्ने अभियानस्वरुप गुठी संस्थामा बनेका टहरामा ताला लगाइएको उपमेयर खड्गीले उज्यालोलाई जानकारी दिनुभयो ।
संस्थानले सुरुमा अमृता भट्टराईलाई महिनाको १५ हजार रुपैयाँ भाडामा दिएको भए पनि अहिले सम्झौता रद्द भैसकेको उपमेयर खड्गीको भनाइ छ ।
भट्टराईसँगको सम्झौता रद्द गरी त्यस क्षेत्रमा सरसफाइ गर्ने र कुनै संरचना बनेको भए खाली गराउने भनी संस्थानले निर्णय गरेकाले आज टहरामा ताला लगाएको महानगरपालिकाले जनाएको छ । तर त्यहाँका व्यवसायीहरुले भने आफूहरुले व्यवसाय गर्न पाउनुपर्ने भन्दै तालाबन्दीको विरोध गरेका छन् ।
केही समयअघि उनीहरुले व्यवसाय गर्न पाउनुपर्ने मागसहित अदालतमा पनि निवेदन दिएका थिए । अदालतबाट निवेदनमाथिकाे फैसला आउन भने बाँकी छ ।