उरुग्वेसँग बराबरीमा रोकियो अर्जेन्टिना

 मंसिर ३, २०७६ मंगलबार ६:३७:६ | उज्यालो सहकर्मी
unn.prixa.net

अर्जेन्टिना र उरुग्वेबीचको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल २–२ गोलको बराबरीमा सकिएको छ । लियोनल मेस्सीले खेलको अन्तिम समयमा गोल गरेपछि अर्जेन्टिनाले उरुग्वेलाई बराबरीमा रोकेको हो । 

इजरायलमा भएको खेलमा उरुग्वेका लागि इडिन्सन कभानी र लुइस स्वारेजले गोल गरेका थिए भने अर्जेन्टिनाका लागि सर्जियो एगुएरो र लियोनल मेस्सीले गोल गरे ।

३४औं मिनेटमा कभानीले स्वारेजको पासमा गोल गर्दै उरुग्वेलाई पहिलो हाफमा एक गोलको अग्रता दिलाए । ६३औं मिनेटमा एगुएरोले मेस्सीको पासमा गोल गर्दै खेल बराबरीमा पुर्‍याए ।

६८औं मिनेटमा स्वारेजले फ्रिकिकमार्फत गोल गर्दै उरुग्वेलाई फेरि अग्रता दिलाए । खेलको इन्ज्युरी समयमा अर्जेन्टिनाले पेनाल्टी पायो । सो पेनाल्टीलाई मेस्सीले गोलमा परिणत गर्दै खेल बराबरीमा पुर्‍याए ।

प्रतिबन्धपछि फर्किएका मेस्सीको दुई खेलमा लगातार दोस्रो गोल हो । यसअघि अर्जेन्टिनाले ब्राजिललाई हराउँदा मेस्सीको गोल निर्णायक बनेको थियो ।

यसअघि उरुग्वेले भने हंगेरीलाई हराएको थियो ।

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया