१३औँ साग : ट्रायथलनमा पुरुषतर्फ नेपाललाई कास्य

 मंसिर १६, २०७६ सोमबार १३:०:४२ | सुमन गुरुङ
unn.prixa.net

कास्की – १३ औँ दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पोखरामा भएको ट्रायथलनमा पुरुषतर्फ नेपालले कास्य पदक जितेको छ । 

भारतका आदर्श सिनिमोलले १ घण्टा २ मिनेट ३१ सेकेण्डमा दुरी पार गरेर स्वर्ण पदक हात पारे । भारतकै विश्वरजित साइखोमले १ घण्टा २ मिनेट ५९ सेकेण्डमा दुरी पार गरेर रजत पदक हात पारे । 

नेपालका वसन्त थारुले १ घण्टा ३ मिनेट ६ सेकेण्डमा दुरी पार गर्दै कास्य पदक जितेका छन् । 

त्यस्तै ट्रायथलनमा महिलातर्फ नेपालकी सोनी गुरुङले नेपाललाई स्वर्ण पदक दिलाएकी छिन् । उनले निर्धारित दुरी १ घण्टा १३ मिनेट ४५ सेकेण्डमा पूरा गरेकी हुन् । 

ट्रायथलनमा महिलातर्फ भारतले रजत र कास्य पदक जितेको छ । भारतकी सारोजिनी देवी थौडमले १ घण्टा १४ मिनेट र प्रग्न्या मोनानले १ घण्टा १४ मिनेट ५७ सेकण्डमा दुरी पार गरेका हुन् । 

गौरी घाटबाट सुरु भएको ट्रायथोलनमा खेलाडीहरुले ७५० मिटर पौडी, २० किलोमिटर साइकल र ५ किलोमिटर दौड पूरा गरेका थिए । प्रतियोगितामा नेपाल, भारत र श्रीलंका सहभागी थिए ।

अन्तिम अपडेट: बैशाख २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सुमन गुरुङ

कास्कीका उज्यालो सहकर्मी  सुमन गुरुङ रेडियाे तरङ्गमा पनि काम गर्नुहुन्छ ।

तपाईको प्रतिक्रिया