हङकङमा सरकारको विरोधमा अहलेसम्मकै ठूलो प्रदर्शन

 मंसिर २३, २०७६ सोमबार ९:७:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - हङकङमा सरकारको विरोधमा अहलेसम्मकै ठूलो प्रदर्शन भएको छ । प्रदर्शनमा झण्डै ८ लाख मानिस सहभागि भएका आयोजकले दाबी गरेको छ । तर हङकङको प्रहरीले भने एक लाख ८३ हजार जना सभागि भएको बताएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रहरीले ११ जनालाई पक्राउ समेत गरेको छ । प्रदर्शनकारीले हङकङलाई स्वतन्त्र बनाउनुपर्ने, पक्राउ परेकालाई रिहा गर्नुपर्ने र निष्पक्ष चुनाव गराउनु पर्ने माग गरेका छन् ।

उनीहरुले मोबाइल र टर्चलाईट बालेर सरकार बिरोधी नारा लगाएका थिए । हङकङ सरकारले विज्ञप्तीमार्फत् शान्ति कायम गर्न र विरोध नगर्न आग्रह गरेको छ ।

प्रदर्शनकारीले शान्तिपूर्ण आन्दोलन गरेका बताएपनि प्रहरीले भने प्रदर्शन हिँसात्मक भएको टिप्पणी गरेको छ ।

सुपुदर्गी विधेयकको विरोधमा ६ महिनादेखि हङकङमा सुरु भएको आन्दोलन सरकारले विधेयक फिर्ता लिइसके पनि रोकिएको छैन । 

अन्तिम अपडेट: बैशाख २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया