दोलखा कारागारमा नाइके कैदीहरुकाे विराेधमा कैदीहरु नै आन्दाेलनमा

कुटपिट गर्ने र गुणस्तहीन खाना खुवाउने लगायतका आराेप

 पुस १३, २०७६ आइतबार २०:१२:१७ | उषा तामाङ
unn.prixa.net

दाेलखा - नाइके कैदीहरुले शोषण र अन्याय गरेको भन्दै उनीहरुको स्थानान्तरणको माग गर्दै दोलखाका कैदीबन्दी आन्दोलित बनेका छन् । 

नाइके कैदीले कुटपिट गर्ने, कारागार भित्रै गरिने मुढा बनाउने, सिलाइ कटाइ लगायतका कामको पारिश्रमिक नदिने तथा कम गुणस्तरको खाना खुवाएर कैदीबन्दीसँग बढि रकम असुल्ने गरेको कैदीहरुको आरोप छ । 

सदरमुकाम चरिकोटमा रहेकाे कारागारमा रहेका कैदीबन्दीमध्येका नाइके, चौकीदार, र भाइनाइके गरी ५ जनाविरुद्ध कारागार भित्रका कैदीबन्दी आन्दोलित बनेका हुन् । उनीहरुले कैदीबन्दीको बसोबास रहेको भवनको मूल गेटमै तालाबन्दी गरेका छन् । जेलभित्र गाँजा र रक्सीको व्यापार हुने गरेको र यसविरुद्ध बोलेमा चौकीदार र नाइकेहरुले कोठामा लगेर कुट्ने भएकाले असुरक्षित भएको कैदीहरुले गुनासो गरेका थिए ।

गमला र स–साना प्रयोगका सामान बनाउन बाेतलहरु लैजान दिइएको अनुमतिको फाइदा उठाउदै रक्सीका साथै गाँजा भित्रिएको प्रहरीको अनुमान छ ।

कैदीले थाङ्कालगायतका वस्तु बेचेर कमाएको पैसासमेत नाइके र चौकीदारले लुटेको कैदीहरुको दुःखेसो छ ।

यता दोलखाका प्रमुख जिल्ला अधिकारी भिमकान्त शर्माले ५ जना नाइके कैदीबन्दीको काठमाण्डौ आसपासको कारागारमा स्थानान्तरणका लागि कारागार व्यवस्थापन विभागलाई पठाइएको पत्राचार स्वीकृत भएको जानकारी दिनुभयो ।

५ जना नाइके कैदीलाई आइतबार राति नै स्थानान्तरण हुने कारागार पठाउने तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी शर्माको भनाइ छ । 

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

उषा तामाङ

उज्यालोका दोलखा सहकर्मी उषा तामाङ कालीञ्चोक एफएममा पनि कार्यरत हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया