दाेलखाकाे भीमेश्वर नगरपालिका-७ मा एकैरातमा ८ स्थानमा चोरी

 माघ १, २०७६ बुधबार २०:३०:५ | उषा तामाङ
unn.prixa.net

दाेलखा - भीमेश्वर नगरपालिका वडा नम्बर-७ मा एकैरातमा तामाङ गुम्बासहित ८ स्थानमा चोरी भएको छ । 

जिल्लाकोे मकैबारी भन्ने ठाउँमा रहेकाे मप्चि तामाङ गुम्बासहित स्थानीयको पसल तथा घरमा चोरी भएको हो । दोलखा प्रहरीका अनुसार मप्चि तामाङ गुम्बामा रहेका २ वटा चन्दा बाकसको झण्डै १० हजार रुपैयाँ चोरी भएको छ ।

त्यसैगरी भीमेश्वर नगरपालिका वडा नम्बर ७ सिमटोलका हर्क बहादुर तामाङको ढोका फोडेर ३ हजार रुपैयाँ, बालकृष्ण पाण्डेको नगद ११ हजार र सुनको झुम्का एक तोला, संसारीडाँडामा रहेको अवि लामाको दामुनाज होटल एण्ड लजबाट नगद ७ हजार चोरी भएको छ ।

यस्तै, भीमेश्वर नगरपालिका वडा नम्बर-७ मकैबारीमा रहेकाे सञ्जीव तामाङको घरबाट नगद ३७ हजार, सुन र सिमटोलकी सुस्मा तामाङको नगद १८ हजार रुपैयाँ चोरी भएको दोलखाका प्रहरी निरीक्षक प्रहरी प्रवक्ता रेशम बोहराले जानकारी दिनुभयो ।

यसै क्रममा पुरुषोत्तम बस्नेत र साखिनेका कर्मे तामाङको भने घरको ढोका फुटाए पनि सामान चोरी नभएको दोलखा प्रहरीले जनाएको छ । एकैरात एकै वडाको ८ स्थानको चोरीमा संलग्नको खोजी कार्य र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।  

अन्तिम अपडेट: बैशाख १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

उषा तामाङ

उज्यालोका दोलखा सहकर्मी उषा तामाङ कालीञ्चोक एफएममा पनि कार्यरत हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया