उपराष्ट्रपति कप महिला राष्ट्रिय लिग फुटबल आजदेखि

 साउन ७, २०७५ सोमबार ७:३५:२० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडाैं –  उपराष्ट्रपति कप महिला राष्ट्रिय लिग फुटबल प्रतियोगिता आजदेखि सुरु हुँदैछ । अखिल नेपाल फुटबल संघ एन्फाको आयोजनामा हुन लागेको फुटबलमा ५ टिमको सहभागिता रहेको छ ।

प्रतियोगितामा ३ विभागीय सहित मोफसलका २ महिला टिमले सहभागिता जनाउँदैछन् ।  बिभागीय क्लबहरु एपीएफ, त्रिभुवन आर्मी, नेपाल पुलिसका साथै काठमाडौं फुटबल संघ र रौतहट फुटबल संघले प्रतिस्पर्धा गर्नेछन् ।

आज दिउँसो १ बजे हुने उद्घाटन खेलमा पुलिस र आर्मी भिड्दा दोस्रो खेलमा रौतहट र काठमाडौं आमने सामने हुनेछन् । आगामी साफ महिला फुटबलको छनौटका लागि प्रतियोगिता आयोजना गरिएको हो ।  राउण्ड रोबिन लिग प्रणाली अनुसार हुने प्रतिस्पर्धाको उपाधि प्वाइन्टका आधारमा तय हुने छ । सबैले एक अर्कासँग प्रतिस्पर्धा गरेपछि अंक बढीहुने टिमले उपाधि जित्ने छ ।

प्रतियोगिता तयारीका लागि एन्फाले हरेक टिमलाई ५० हजार रुपैयाँ प्रदान गरेको पनि जनाएको छ ।  उपाधि विजेताले २ लाख पाउँदा उपविजेताले १ लाख ५० हजार पाउने छ ।
 
 

अन्तिम अपडेट: जेठ ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया