एप्पल भन्छ- 'लाइटनिङ्ग पोर्ट' हटाउँदा ‘नसोचेको मात्रामा विद्युतीय फोहर’ उत्पन्न हुन्छ

 माघ १२, २०७६ आइतबार १७:३२:१५ | एजेन्सी
unn.prixa.net

काठमाण्डौ – ‘एप्पल कम्पनी’ ले आईफोनमा प्रयोग हुँदै आएको लाइटनिङ्ग कनेक्टर हटाउन बाध्य पारिए त्यसले ‘नसोचेको मात्रामा विद्युतीय फोहर उत्पन्न’ हुने बताएको छ ।  

अहिलेका एण्ड्रोइड फोनहरुले यूएसबी–सी पोर्टको प्रयोग गरे पनि आईफोनले भने अझै पनि प्रोप्राइटरी लाइटनिङ्ग पोर्टको प्रयोग गर्दै आइरहेको छ । 

युरोपियन संसदका केही सदस्यहरुले सबै फोन निर्माता कम्पनीहरुले विद्युतीय फोहर घटाउन युनिभर्सल (विश्वव्यापी) पोर्टको प्रयोग गर्नुपर्ने बताउँछन् । 

युरोपेली राजनीतिज्ञहरुले गएको दशकदेखि ‘सिङ्गल चार्जिङ्ग पोर्ट’ को सम्बन्धमा अभियान नै चलाउँदै आएका छन् । 

प्रचलनमा आएका 'चार्जिङ्ग कनेक्टर्स'

‘द युरोपियन कमिसन’ ले अप्रचलित केबलको प्रयोगले ५१ हजार टनभन्दा बढी फोहर उत्पन्न हुने आँकलन गरेको छ । 

‘यो वातावरणको लागि निकै हानिकारक छ’, युरोपेली संसद्का सदस्य एलेक्स अगुइस सलिबाले भने । 

सन् २००९ लाई फर्केर हेर्ने हो भने ३० भन्दा बढी फोन निर्माता कम्पनीहरु छुट्टाछुट्टै चार्जरसहित बजारमा आएका थिए ।  यसैले गर्दा एप्पल, नोकिया र सामसङ्गसहित कैयौँ कम्पनीहरुले यूएसबी मानकमा रहेका चार्जर्स निर्माण गर्ने स्वैच्छिक प्रतिज्ञामा हस्ताक्षर गरेका थिए । 

केही वर्षदेखि अधिकांश फोन निर्माताहरु आफ्नो उपकरणमा माइक्रो–यूएसबी पोर्टको प्रयोग गर्दै आइरहेका छन् । 

यद्यपि एप्पलले सन् २०१२ मा लाइटनिङ्ग पोर्टको सुरुवात गर्यो, एक लूपहोलको फाइदा उठाउँदै आफ्नो पोर्टको डिजाइन गर्न दिइयो र माइक्रो–यूएसबी एडप्टर बिक्रीका लागि आह्वान गर्‍याे । 

अहिले मुख्य तीन वटा कनेक्टरहरु छन् । 

एण्ड्रोइड उपकरणका लागि सामान्यतया यूएसबी–सी वा पुरानो माइक्रो–यूएसबी र एप्पलले लाइटनिङ्ग प्रयोग गर्छ ।  

विस्तृतमा

अन्तिम अपडेट: बैशाख २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया