बन्दले बीच बाटोमै रोकिए मुख्यमन्त्री पौडेल

 साउन ७, २०७५ सोमबार १६:७:४४ | कपिल कोइराला
unn.prixa.net

काभ्रे –वीपी राजमार्गको बन्दको असर तीन नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललाई समेत परेको छ । 

सिन्धुलीमा भएको एक कार्यक्रममा पुगेर फर्कँदै गर्नुभएका पौडेल अहिले मंगलटार प्रहरी चौकीमा बन्द खुल्नेको पर्खाईमा हुनुभएको प्रहरीले जानकारी दिएको छ ।

बनेपाको चारदोबाटोमा टिप्परको ठक्करबाट ज्यान गुमाएका नमोबुद्ध नगरपालिका ७ का ५७ वर्षीय जितबहादुर तामाङका आफन्त तथा शुभचिन्तकहरुले वीपी राजमार्गको नौबिसेमा प्रर्दशन गरेका कारण मुख्यमन्त्री बीच बाटोमै रोकिनु परेको हो । 

तामाङको मृत्युपश्चात उनीहरुले वीपी राजमार्गको दाप्चा पुल छेउमा टायर बारेर राजमार्ग अवरुद्ध पारेका हुन् । मृतकको ठेगाना खुल्ने बित्तिकै स्थानीयले राजमार्गमा टायर बालेका थिए । 

राजमार्ग अवरुद्ध हुँदा वीपी राजमार्ग हुँदै पूर्व जाने सवारीसाधनहरु भकुण्डेमा रोकिएका छन् । पुल छेउको बीच सडकमा टायर बालेको कारण दुवैतर्फ सवारी रोकिएको प्रहरीले जनाएको छ । 

केही समयअघि बनेपामा बा २ क ३९३४ नं को टिप्परले बा ८३ प ५०७७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा तामाङको ज्यान गएको थियो ।
 

अन्तिम अपडेट: बैशाख १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

कपिल कोइराला

काभ्रेमा बसेर पत्रकारिता गर्ने कपिल कोइराला उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया