अमेरिकाले चिनियाँ कम्पनी 'हुवावे'माथि लगायो चोरीको आरोप

 फागुन २, २०७६ शुक्रबार ८:५९:५० | एजेन्सी
unn.prixa.net

काठमाण्डौ – अमेरिकी सरकारले चीनको प्रविधि कम्पनी हुवावे र कम्पनीका वित्तीय अधिकारी मेङ्ग वानझाउमाथि कानुन भङ्ग गरेको र अमेरिकी कम्पनीको ‘ट्रेड सेक्रेट’ व्यापार गोप्यता चोरेको नयाँ आरोप लगाएको छ । 

हुवावेका वित्तीय अधिकारी वानझाउ क्यानडामा गिरफ्तार गरिएको थियो र अमेरिका उनको प्रत्यर्पण गर्न चाहन्छ । 

‘हुवावेले कानुन भङ्ग गर्ने कोसिस गरेको छ, ठगी गरेको छ र अमेरिकी प्रविधि कम्पनीको गोप्यता चोरी गरेको छ’, अमेरिकी सरकारले भनेको छ । 

हुवावेमाथि राउटर सोर्स कोड, मोबाइल फोनको एन्टिनाको प्रविधि र रोबोटिक्ससँग जोडिएको गोप्य जानकारी चोरेको आरोप लगाइएको छ । 

यसका साथै हुवावेमाथि उत्तर कोरिया र इरानसँग व्यापार गर्न खोजेको आरोप पनि छ, जसलाई अमेरिकाले प्रतिबन्ध लगाएको छ । 

अमेरिकी कङ्ग्रेसमा डेमाक्रेटिक पार्टीका नेता तथा सिनेट इन्टिलिजेन्स कमिटीका उपाध्यक्ष मार्क वार्नरले भने, ‘हुवावेले व्यापार मात्र नभइ राष्ट्रिय सुरक्षालाई खतरामा पारेको यो अर्काे सबुत हो । यो कम्पनी फाइभ जी (५जी) वायरलेस प्रविधिमा काम गरिरहेको छ र यसले विश्वमा २० प्रतिशत बजार ओगट्न सक्छ । यसले अमेरिकी बजारको हिस्सा ओगट्दैन तर हाम्रो छिमेकी देशले यसको प्रयोग गरे भने हामी कसरी सुरक्षित हुन सक्छौँ ?’

‘न्याय विभागले यसतर्फ ध्यान दिएकोमा मलाई खुशी लागेको छ । तर सस्तो र प्रभावकारी ५जी प्रविधिको लागि दोस्रो देशहरुलाई एक गुट पनि बनाउन सकिन्छ ।’

यद्यपि हुवावेले भने आफूमाथि लागेको आरोपको लगातार अस्वीकार गर्दै आइरहेको छ । 

अन्तिम अपडेट: बैशाख २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया