प्रहरी जवानले आफूमाथि नै गाेली चलाए !

 फागुन २, २०७६ शुक्रबार १०:१०:५५ | बाबुराम देवकोटा
unn.prixa.net

प्रतिकात्मक तस्बिर

सिन्धुली – जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा कार्यरत प्रहरी जवान चन्द्रकिशाेर राय शुक्रबार बिहान गोली लागेर घाइते हुनुभएकाे छ । 

बिहान साढे सात बजेतिर ड्युटी (सेन्ट्री) मा रहेको बेला आफैले बोकेको बन्दुक आफ्नै पेटमा हान्दा गोली लागेर राय घाइते भएको प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले जानकारी दिनुभयो ।

घाइते जवानको सिन्धुली अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि काठमाण्डौ पठाइएको उहाँले बताउनुभयो । ‘म बिहान मर्निङवाकमा गएको थिएँ । मैले पनि गोली लागेर घाइते भएको भन्ने सुनेको हुँ । मैले देखेको छैन ।’

प्रहरी उपरीक्षक (एसपी) रन्जु सिग्देलले पनि घाइते प्रहरी जवान बोल्न सक्ने अवस्थामा रहेको र सोध्दा आफैले गाेली हानेको बताएकाे भन्नुभयाे । जवानले आफैलाई किन गाेली हानेकाे हाे भन्ने विषयमा अनुसन्धान भइरहेकाे प्रहरीले जनाएको छ । 

अन्तिम अपडेट: बैशाख २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

बाबुराम देवकोटा

बाबुराम देवकोटा सिन्धुलीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया