चितवन : रामपुर कृषि क्याम्पसमा नेकपा निकट विद्यार्थीबीच झडप

 फागुन ५, २०७६ सोमबार १५:२५:४७ | राधेश्याम खतिवडा
unn.prixa.net

चितवन - चितवनको कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरमा नेकपा निकटका विद्यार्थीबीच झडप भएको छ ।

पूर्वएमाले निकट अनेरास्ववियु र पूर्व-माओवादी निकट अनेरास्ववियु क्रान्तिकारीबीच झडप भएको हो । झडपमा अनेरास्ववियुका केन्द्रीय सदस्य देव पाठक घाइते हुनुभएकाे छ । 

पाठकको चितवन मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ । नेकपाको विद्यार्थी सङ्गठन अनेरास्ववियु केन्द्रमा एकता भए पनि कृषि तथा वन विज्ञान विश्वविद्यालयमा भने अझै एकता भइसकेको छैन । 

रामपुरमा सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एकनारायण कोइरालाले जानकारी दिनुभयो । रामपुरको घटनालाई लिएर पार्टी कार्यालय चितवनमा तोडफोड समेत भएको छ । 

अन्तिम अपडेट: बैशाख २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

राधेश्याम खतिवडा

राधेश्याम खतिवडा उज्यालोका चितवन सहकर्मी र नेपाल पत्रकार महासंघ चितवन शाखाका पूर्व अध्यक्ष हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया