प्रदेश २ : स्थायी राजधानी र नामाकरणका लागि आउँदाे मंगलबार मतदान हुने

 चैत १, २०७६ शनिबार ८:३०:२१ | सुभाष कर्ण
unn.prixa.net

धनुषा - प्रदेश २ को स्थायी राजधानी र नामकरणका लागि चैत चार गते मंगलबार मतदान हुने भएको छ ।

तीन महिनापछि शुक्रबार बसेको प्रदेशसभामा प्रदेशको नाम र राजधानी तोक्न गोप्य मतदानका लागि प्रस्तुत गरिएको प्रतिवेदनमाथि छलफल गर्दै चैत ४ गते बिहान ८ बजे मतदान गर्ने सर्वसम्मतिले निर्णय गरिएको थियाे ।

बैठकमा अध्ययन विशेष समितिले मतदानका लागि तयार पारेको प्रतिवेदन राजपाका प्रमुख सचेतक परमेश्वर साहले प्रस्तुत गर्नुभएको थियो । समितिको संयोजक सभामुख सरोजकुमार यादव रहे पनि उहाँकै निर्देशनमा सचेतक साहले सो प्रतिवेदन पेश गर्नुभएको थियो ।

समितिमा राजधानीका लागि जनकपुरधाम र वीरगञ्जसहित तीन प्रस्ताव र नामकरणका लागि चार प्रस्तावमा निर्वाचन गरिने प्रतिवेदनमा उल्लेख गरिएको छ । नामाकरणका लागि सत्तारुढ दलले मधेश प्रदेश, कांग्रेसले मिथिला प्रदेश नेकपाले जानकी प्रदेश र विरगञ्जतिरका कांग्रेस र समाजवादीका केही सांसदले मध्यमधेश नाम राख्नुपर्ने प्रस्ताव गरेका छन् ।

राजधानी जनकपुर नै हुने सम्भावना भए पनि नाममा दुई तिहाइ पुग्ने सम्भावना देखिएको छैन । 

अन्तिम अपडेट: बैशाख १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सुभाष कर्ण

कर्ण उज्यालाेका धनुषा संवाददाता हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया