मलेसियामा ‘लकडाउन’को अवधि थप दुई हप्ता लम्बियो

 चैत १२, २०७६ बुधबार १३:९:४० | उज्यालो सहकर्मी

काठमाण्डौ – मलेसियामा लकडाउनको अवधि दुई हप्ता थपिएको छ । त्यहाँको सरकारले अप्रिल १४ गतेसम्म ‘लकडाउन’ थपेको हो ।

यसअघि मार्च ३१ गतेसम्म गर्ने भनेको लकडाउन कोरोना संक्रमणको जोखिम बढ्दै गएपछि अप्रिल १४ गतेसम्म थपिएको हो ।

मलेसियाका प्रधानमन्त्री तनश्री मुहिद्धिन यसिनले राष्ट्रिय सुरक्षा परिषद र स्वास्थ्य मन्त्रालयसँगको ब्रिफिङपछि आफूले यस्तो निर्णय लिएको बताउनुभएको छ । प्रधानमन्त्री यसिनले त्यहाँका नागरिकलाई यो लामो समय घरमै बस्न मानसिक र शारीरिक हिसाबले तयार रहन पनि आग्रह गर्नुभएको छ । 

मलेसियामा पछिल्लो समय संक्रमितको सङ्ख्या बढ्दै गएको छ । हिजो एकै दिनमा मात्र एकसय ७२ नयाँ व्यक्तिमा कोरोना सङ्क्रमण देखिएको छ । अहिले मलेसियामा १६ सय २४ जनामा कोरोना संक्रमण भइसकेको छ भने कोरोनाकै कारण १६ जनाले ज्यान गुमाइसकेका छन् । 

वैदेशिक रोजगारीको क्रममा मलेसियामा रहेका नेपालीलाई केही समस्या भएमा ६०३२०२०१८९९ र ६०२०२०१८९८ मा सम्पर्क गर्न त्यहाँ रहेको नेपाली दूतावासले अनुरोध गरेको छ ।

अन्तिम अपडेट: बैशाख २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया