हवाई उडान वैशाख ३ गतेसम्म रोकिने

 चैत १७, २०७६ सोमबार ६:४१:४५ | रासस
unn.prixa.net

काठमाण्डाै –  सरकारले आउँदाे वैशाख ३ गतेसम्मका लागि अन्तर्राष्ट्रिय हवाई उडान रोक्ने निर्णय गरेको छ ।   

काेराेना भाइरस (कोभिड १९) सङ्क्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको आइतबार सिंहदरबारमा बसेको बैठकले कोरोना सङ्क्रमणको त्रास कायम रहेको अवस्थालाई ध्यानमा राखेर हवाई उडान रोक्ने निर्णय गरेको हो ।   

सरकारले यसअघि चैत ८ गतेदेखि १८ गतेसम्म हवाई उडान रोक्ने निर्णय गरेको थियो । कोरोनाको सङ्क्रमणको त्रास बढेपछि सरकारले पहिलेकाे निर्णय अनुसार नै अन्तर्राष्ट्रिय हवाई उडानमा रोक लगाउन समय थप गरेको हो ।   

बैठकपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव नारायणप्रसाद बिडारीले भन्नुभयो, 'कोरोना सङ्क्रणको त्रास कायम रहेकाले हवाई उडान रोक्ने निर्णय भएको छ ।' 

अन्तिम अपडेट: बैशाख १४, २०८१

तपाईको प्रतिक्रिया