बार्सिलाेनाका पूर्व गाेलरक्षक रुस्तुलाई काेराेनाकाे सङ्क्रमण

 चैत १७, २०७६ सोमबार ६:५८:५२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – कोरोना भाइरस (काेभिड १९) काे सङ्क्रमणको कारण टर्कीका लिजेण्ड फुटबलर रुस्तु रेकबर अस्पताल भर्ना भएका छन् ।

बार्सिलोनाका पूर्व गोलरक्षक समेत रहेका ४६ वर्षीय रुस्तुको स्वास्थ्य गम्भीर भएपछि अस्पताल भर्ना गरिएको बीबीसीले जनाएको छ । रुस्तुको नाममा टर्कीका लागि सर्वाधिक पटक अन्तर्राष्ट्रिय फुटबल खेल खेल्ने कीर्तिमान पनि रहेको छ ।

अचानक कोरोनाको सङ्क्रमण देखिएको र त्यसको लक्षण द्रूत गतिमा फैलिरहेको रुस्तुका श्रीमती इसिल रिकबरले बताएकी छिन् । रुस्तुकी श्रीमती इसिल सहित दुई सन्तानमा भने कोरोना सङ्क्रमण नदेखिएकाे बताइएकाे छ ।

उनले टर्कीका लागि एक सय २० खेल खेलेका छन् । सन् २००२ को विश्वकपमा टर्की सेमिफाइनलसम्म पुग्दा उनी 'प्लेयर अफ द टुर्नामेन्ट' चुनिएका थिए ।

बेसिकटासका लागि पाँच वर्ष व्यावसायिक फुटबल खेलेपछि रुस्तुले सन् २०१२ मा खेलाडी जीवनबाट सन्यास लिएका थिए । 

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया