पोर्चुगलबाट आएका धनकुटाका युवकको कोरोना परीक्षण रिपोर्ट 'नेगेटिभ'

 चैत २०, २०७६ बिहिबार १०:४५:४८ | सन्ताेष रुचाल
unn.prixa.net

धनकुटा - पोर्चुगलबाट आएका धनकुटाका एक युवकको कोरोना नमुना परीक्षण रिपोर्ट 'नेगेटिभ' आएको छ ।

विदेशबाट घर आएको झण्डै दुई हप्तापछि रुघाखोकी र ज्वरो आएर धनकुटा नगरपालिका ८ का ३५ वर्षीय ती युवक सोमबार धनकुटा अस्पताल उपचारको लागि भर्ना भएका थिए । जाँचको क्रममा उनलाई कोरोना भाइरसको सङ्क्रमण आशङ्का गरिएपछि धरानको वीपी कोइराला स्वास्थ्य प्रतिष्ठान र काठमाण्डौको टेकुमा स्वाब परीक्षणको लागि पठाइएको थियो ।

युवकको स्वाब परीक्षण रिपोर्ट नेभेगिभ आएको धनकुटा अस्पतालका डाक्टर पुजन विश्वकर्माले जानकारी दिनुभयो । युवक विदेशबाट आएको दुई हप्तापछि उनी सहित परिवारका केही सदस्य पनि बिरामी भएपछि उनलाई धनकुटा अस्पतालको आइसोलेसन वार्डमा राखेर उपचार गरिएको थियो । उनका परिवारलाई स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको निगरानीमा राखिएको थियो ।

स्वाब परिक्षणको रिपोर्ट नेगेटिभ आएपछि उनलाई डिस्चार्ज गरिएको पनि धनकुटा अस्पतालले जनाएको छ । वैदेशिक रोजगारीबाट आएका धनकुटाका अन्य ४९ जनालाई होम क्वरेण्टीनमा राखिएको जिल्ला प्रशासन कार्यालय धनकुटाका सूचना अधिकारी जयराम श्रेष्ठले बताउनुभयो ।

उनीहरूलाई सुरक्षाकर्मी र स्वास्थ्यकर्मीको उच्च निगरानीमा राखिएको छ । कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमण रोक्नको लागि धनकुटामा क्वरेण्टीन र आइसोलेसन वार्ड स्थापना गरिएको छ ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सन्ताेष रुचाल

रुचाल धनकुटाका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया