कोरोनाको कारण खाडीका देशमा झण्डै ५० लाखको रोजगारी गुम्ने

 चैत २६, २०७६ बुधबार १३:५४:१२ | उज्यालो सहकर्मी

काठमाण्डौ – अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ)ले कोरोना भाइरसका कारण खाडीका देशहरुमा सबैभन्दा धेरै रोजगारी गुम्ने चेतावनी दिएको छ ।

आईएलओले मंगलबार सार्वजनिक गरेको प्रतिवेदनले सन् २०२० को मध्यसम्ममा कोरोनाको कारण संसारभर नै धेरैको रोजगारी गुम्ने अवस्था रहे पनि सबैभन्दा धेरै खाडीका क्षेत्रमा ८ दशमलव १ प्रतिशत अर्थात ५० लाख जनाको पूर्णकालीन रोजगारी गुम्ने देखाएको छ ।

खाडीपछि यूरोपमा ७ दशमलव ८ प्रतिशत अर्थात १ करोड २० लाख जनाको र एशिया तथा प्यासेफिक क्षेत्रमा ७ दशमलव २ प्रतिशत अर्थात १ अर्व २५ करोड जनाको पूर्णकालीन रोजगारी गुम्ने अवस्था रहेको छ ।

कोरोना महामारीले श्रमिक कटौती हुने र रोजगारी घुम्ने अवस्थाले सन् २००८ र २००९ को आर्थिक मन्दीले भन्दा बढी असर गर्ने र यसले मध्यम आय भएका देशलाई सबैभन्दा धेरै असर गर्ने आईएलओको अनुमान छ ।

सबैभन्दा धेरै सेवा, खाद्य तथा उत्पादन क्षेत्र, उद्योगधन्दा लगायतका क्षेत्रमा श्रमिक कटौती हुनेछ ।

 

अन्तिम अपडेट: बैशाख २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया