अन्नपूर्ण पदमार्गको हिमपहिरोमा हराएकामध्ये अर्का दुई जनाको शव फेला

 बैशाख १४, २०७७ आइतबार १४:४७:१८ | सुमन गुरुङ
unn.prixa.net

कास्की - अन्नपूर्ण पदमार्गको हिमपहिरोमा हराएका मध्ये दुई जनाको शव फेला परेको छ । 

गएको माघ ३ गते अन्नपूर्ण पदमार्ग, हिंकु खोंचको हिमपहिरोमा परेर ४ जना कोरियन र ३ जना नेपाली हराएका थिए । तीमध्ये दुई जनाको शव शनिबार फेला परेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक राज कुमार केसीले जानकारी दिनुभयो । 

भेटिएका दुबै जना बिदेशी रहेको केसीले बताउनुभयो । हराएकामध्ये २ जना नेपाली गाइडको शव यसअघि नै फेला परिसकेको छ । 

कास्कीको अन्नपूर्ण गाउँपालिकास्थित हिंकु खोंच र देउरालीको बीचमा मोदी नदी किनारमा स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेको उहाँले बताउनुभयो । शव हेलिकप्टर मार्फत पोखरा ल्याउने तयारी साथ हेलिकप्टर त्यसतर्फ गइसकेको उहाँको भनाइ छ । 

दुई नेपालीमध्ये एक जनाको शव चैतमै फेला परेको थियो भने अर्का एक जनाको ४ दिनअघि फेला परेको थियो । अहिले हिउँ पग्लिएका कारण शव खोज्न थालिएको हो । पहिरोमा परेर हराएका मध्ये ३ जना अझै बेपत्ता छन् ।

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सुमन गुरुङ

कास्कीका उज्यालो सहकर्मी  सुमन गुरुङ रेडियाे तरङ्गमा पनि काम गर्नुहुन्छ ।

तपाईको प्रतिक्रिया