बैतडीमा भारतबाट ६ हजार ९१ भित्रिए, १ हजार १ सय २० को मात्रै कोरोना परीक्षण

 बैशाख २६, २०७७ शुक्रबार ११:३०:४१ | जयराज अवस्थी
unn.prixa.net

बैतडी – गएको चैत्र १ गतेदेखि वैशाख तेस्रो हप्तासम्म बैतडीमा भारतबाट ६ हजार ९१ जना भित्रिएका छन् । गएको चैत महिनादेखि अहिलेसम्म विभिन्न नाकाबाट ६ हजार ९१ जना बैतडी भित्रिएको सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्रसिंह नेगीले जानकारी दिनुभयो ।

बैतडीमा जिल्लामा ६ हजार बढी नागरिक भित्रिए पनि अहिलेसम्म एक हजार एक सय २० जनाको मात्रै कोरोना परीक्षण गरिएको छ । लकडाउनपछि मात्रै भारतबाट दुई हजार ९२ जना बैतडी भित्रिएका छन् । कतिपयलाई प्रशासन आफैले सीमा नाकाबाट उद्धार गरेको हो भने केही नागरिक ट्युबमार्फत महाकाली नदी तरेर भित्रिएका हुन् । 

लकडाउनपछि जिल्ला भित्रिएकामध्ये पनि एक हजारभन्दा बढी नागरिकको कोरोना परीक्षण गर्न बाँकी नै छ । यद्यपि ती नागरिक क्वरेण्टीनमा बसिरहेका सहायक प्रमुख जिल्ला अधिकारी नेगीले बताउनुभयो । चार सय ३० जनाको थ्रोट स्वाब सङ्कलन गरेर कोरोना परीक्षण गरिएको हो भने सात सय ९० जनाको द्रूत परीक्षण गरिएको हो । कोरोना जाँच गरिएका सबैको रिपोर्ट भने नेगेटिभ आएको छ ।

बेतडीमा भारतबाट फर्किएका सबै नागरिकको कोरोना परीक्षण गर्ने कोरोना भाइरस सङ्क्रमण रोकथाम नियन्त्रण जिल्ला संयन्त्रको बैठकले निर्णय गरेको भए पनि आरडीटी किटको अभावमा सबैको परीक्षण गर्न नसकिएको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले बताउनुभयो । बैतडीका विभिन्न पालिकाको क्वरेण्टीनमा अहिले एक हजार तीन सय २४ जना बसिरहेका छन् । 

यही वैशाख १८ गते उद्धार गरिएका नागरिक क्वरेण्टीनमा बसेको एक हप्ता हुँदासम्म पनि कोरोना परीक्षण कसरी गर्ने भन्ने टुङ्गो लागेको छैन । क्वरेण्टीनमा बसेका नागरिकहरुले भने आफूहरुको छिटो जाँच गर्नुपर्ने बताएका छन् । भारतबाट फर्केका नागरिकहरुको आरडीटी गर्ने वा थ्रोट स्वाब सङ्कलन गर्ने भन्ने अहिलेसम्म टुङ्गो लाग्न सकेको छैन । 

अन्तिम अपडेट: बैशाख १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

जयराज अवस्थी

जयराज अवस्थी बैतडीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया