भारतले नेपाली भूमि मिचेकाे भन्दै विरोध गर्ने क्रममा इलाममा २ जना पक्राउ

 बैशाख २८, २०७७ आइतबार २०:५७:४५ | सुजता सुनुवार
unn.prixa.net

इलाम – भारतले नेपाली भूमि मिचेको विरोध प्रदर्शन गर्ने क्रममा इलाममा दुई जना पक्राउ परेका छन् ।

विरोधका क्रममा नेपाली कांग्रेस इलामका जिल्ला सचिव निरोज खड्गी र नेपाल विद्यार्थी सङ्घ इलामका अध्यक्ष प्रकाश भट्टराईलाई प्रहरीले आइतबार इलाम चोक बजारबाट पक्राउ गरेको हो । 

भारतले गएको शुक्रबार नेपालकाे पश्चिम सीमा क्षेत्रमा रहेकाे नेपाली भूमिमा सडक उद्घाटन गरेकाे थियाे । त्याे कार्यकाे विरोध गर्दै इलाम चोक बजारमा कोण सभा गर्ने क्रममा सचिव खड्गी र अध्यक्ष भट्टराईलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । 

भारतले नेपाली भूमि मिचेपछि यसको सडकदेखि सदनसम्मै विरोध भइरहेको छ । कांग्रेस कार्यकर्ताहरुले भने आफ्नो विरोध कार्यक्रममाथि प्रहरीले हस्तक्षेप गरेको आरोप लगाएको छ ।  

अन्तिम अपडेट: बैशाख २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सुजता सुनुवार

सुजता सुनुवार उज्यालोमा कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया