सुर्खेतमा पेस्तोलसहित सम्पर्कविहीन प्रहरी जवान मृत फेला

 बैशाख ३०, २०७७ मंगलबार १०:३५:१६ | मुना हमाल
unn.prixa.net

सुर्खेत - सुर्खेतमा एक जना प्रहरी जवान मृत भेटिएका छन् । 

सिम्ता गाउँपालिका वडा नम्बर ३ मा रहेको आग्रीगाउँ प्रहरी चौकीमा कार्यरत प्रहरी जवान नरेन्द्र खड्का मंगलबार बिहान  मृत अवस्थामा भेटिएका हुन् ।  
उनी राति दुई बजेदेखि सम्पर्कविहीन भएकोर बिहान मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरीक्षक तथा सूचना अधिकारी गोपाल रायमाझीले जानकारी दिनुभयो । 

एक थान पेस्तोलसहित सम्पर्कविहीन खड्काको शव बिहान नौ बजेतिर चौकीदेखि झण्डै पाँच सय मिटरको दुरीमा कन्चटमा गोली लागेको अवस्थामा फेला परेको हो  । 
खड्काको आत्महत्या वा हत्या के हो भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । अहिले सुर्खेत प्रहरी प्रमुख दिल्लीराज पन्तसहितको टोली घटनास्थल तर्फ गएको सूचना अधिकारी रायमाझीले बताउनुभयो । 
 

अन्तिम अपडेट: बैशाख २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

मुना हमाल

मुना हमाल सुर्खेतका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया