प्रधानमन्त्रीलगायतकाे फाेटाे बिगारेर सामाजिक सञ्जालमा राख्ने पक्राउ

 जेठ १, २०७७ बिहिबार १६:१२:३५ | बाबुराम देवकोटा
unn.prixa.net

प्रतिकात्मक तस्बिर

सिन्धुली – राजनीतिक दलका नेताहरुको फोटोको कार्टुन बनाइ सामाजिक सञ्जालमा राख्ने सिन्धुलीका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । 

तीनपाटन गाँउपालिका १ बेल्घारी निवासी २१ वर्षीय मधु भनिने तोरणराज पौडेललाई विद्युतीय कारोबार कसुर अन्तर्गत प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालयका अनुसार महानगरीय प्रहरी बिट दरबारमार्गले पौडेलविरुद्ध विद्युतीय कारोबार कसुर अन्तर्गत काठमाण्ठौ जिल्ला अदालतमा मुद्दा दर्ता गरेको हो ।

अदालतले वैशाख २८ गते पाैडेलकाे नाममा पक्राउ पुर्जी जारी गरेकाे थियाे । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) श्यामबहादुर खत्रीले विद्युतीय कारोबारमा मुद्दा चलाइएका पौडेललाई समाएर पठाइ दिनु भनेकोले पक्राउ गरी काठमाण्डौ पठाइएको बताउनुभयो । 

पक्राउ परेका पौडेललाई प्रधानमन्त्री, नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वामदेव गौतमकाे कार्टुन फोटो बनाइ सामाजिक सञ्जाल फेसबुकमा राखेकाे अभियोग लागेको बताइएको छ ।

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

बाबुराम देवकोटा

बाबुराम देवकोटा सिन्धुलीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया