कोरोना सङ्क्रमण देखिएपछि धनकुटाको चौबिसे गाउँपालिका ५ दिनका लागि सिल

 जेठ ५, २०७७ सोमबार १५:२७:११ | सन्ताेष रुचाल
unn.prixa.net

धनकुटा – कोरोना भाइरस (कोभिड-१९) को सङ्क्रमण रोक्न धनकुटाको चौबिसे गाउँपालिकालाई पाँच दिनको लागि सिल गरिएको छ ।

धनकुटामा स्वास्थ्यकर्मीलाई नै कोरोना भाइरसको सङ्क्रमण भएको पुष्टि भएपछि भाइरसको सङ्क्रमण थप फैलिन सक्ने आशङ्कामा गाउँपालिकालाई सिल गरिएको हो । 

कोरोना भाइरस नियन्त्रणको लागि गठन गरिएको विपद् व्यवस्थापन समिति चौबिसेको साेमबार बिहान सम्पन्न आकस्मिक बैठकले गाउँपालिकामा एम्बुलेन्सबाहेकका सबै खालका आवत जावतलाई जेठ ५ देखि ९ गतेसम्मलाई बन्द गर्ने निर्णय गरेको हो । 

गाउँपालिकाका अध्यक्ष खजिन्द्र राईले गाउँपालिका सिल गरिएसँगै चारैतिरको नाकाको जाँचमा कडाइ गरिएको जानकारी दिनुभयो । यो गाउँपालिका अर्न्तगत रहेका सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्था, हाटबजार, सबैखालका बजार पसललगायत सार्वजनिक निर्माणका कार्यहरु पनि पाँच दिनको लागि बन्द गर्ने निर्णय गरिएको छ । 

नेपाल सरकारको नियमित कार्यक्रम अन्तर्गत हरेक महिना बालिकाहरुको लागि सञ्चालन हुँदै आएको खोप सेवा कार्यक्रम पनि अर्को सूचना नआएसम्मको लागि बन्द गरिएको छ । 

जिल्ला अस्पताल धनकुटामा कार्यरत महिला स्वास्थ्यकर्मीलाई जेठ ४ गते साँझ कोरोना भाइरस सङ्क्रमण पुष्टि भएपछि धनकुटा सदरमुकामको बजार क्षेत्र सिल गरिएको हो ।    
 

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सन्ताेष रुचाल

रुचाल धनकुटाका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया