कास्की : साथीकाे हत्या गर्ने दुई जना पक्राउ

 जेठ ८, २०७७ बिहिबार १९:३६:५३ | सुमन गुरुङ
unn.prixa.net

कास्की –  हत्या गरी शव गाडेको अवस्थामा फेला परेका सुजन विकको हत्या आरोपमा कास्की प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

कास्कीको मादी गाउँपालिका घर भइ पोखरा २७ लेखनाथको अघौँमा बस्ने सुजन विकको शव चार दिनपछि मृत अवस्थामा फेला पर्‍याे । गएकाे जेठ ३ गतेदेखि हराएका विककाे शव दुई दिनअघि पोखरा महानगरपालिका २७ काे भीमसेनस्थान नजिकै फेला परेको थियो ।

विकको हत्या आरोपमा प्यूठान गौमुखी गाउँपालिका ३ डिहिगाँउ घर भएका २१ वर्षीय थमन पुन मगर र त्यही ठाँउका २३ वर्षीय प्रकाश घर्ती मगरलाई पक्राउ गरेको कास्कीका प्रहरी प्रमुख, एसपी दानबहादुर कार्कीले जानकारी दिनुभयो । दुवै जनालाई पोखरा महानगरपालिका २७ सुन्दरी बजारबाट पक्राउ गरिएको हो । दुवै जना त्यही ठाँउमा डेरामा बस्ने गरेको उहाँले बताउनुभयो ।

मजदुरी काम गर्ने उनीहरु मृतक (विकसहित) शनिबार साँझसँगै बसेर रक्सी सेवन गरी घर फर्किने क्रममा विवाद भएपछि ढुङ्गाले हानेर विककाे हत्या गरेकाे अनुसन्धानमा खुलेको कार्कीले बताउनुभयो ।

विवाद भएपछि पहिले मुक्काले हान्दा थुचुक्कै बसेका विकलाई दुई जनाले ढुङ्गाले हानेर हत्या गरेको खुलेको उहाँले बताउनुभयो । घटनामा संलग्न भएको आशङ्कामा १० जनालाई नियन्त्रणमा लिएर सोधपुछ गरी छाडिएको छ । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सुमन गुरुङ

कास्कीका उज्यालो सहकर्मी  सुमन गुरुङ रेडियाे तरङ्गमा पनि काम गर्नुहुन्छ ।

तपाईको प्रतिक्रिया