कर्णालीमा थप १५ जनामा कोरोना सङ्क्रमण, सङ्क्रमितको संख्या ३८ पुग्यो

 जेठ १४, २०७७ बुधबार १८:०:४२ | मुना हमाल
unn.prixa.net

सुर्खेत - कर्णाली प्रदेशमा थप १५ जनामा कोरोना सङ्क्रमण देखिएको छ । 

बुुधबार सुर्खेतमा रहेको प्रयोगशालमा पीसीआर परीक्षण गर्दा १० जना पुरुष र पाँच जना महिलामा कोरोना सङ्क्रमण भएको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाले जानकारी दिएको हो ।  

सङ्क्रमण पुष्टि भएकाहरु केही दिनअघि भारतबाट आएका हुन् । स्वास्थ्य सेवा महाशाखाका प्रमुख डा. लक्ष्मीनारायण तिवारीका अनुसार वीरेन्द्रनगर नगरपालिकाका १० जना, चौकुने गाउँपालिकाका २ जना,  बझाङका १जना र ठेगाना नखुलेका एक जनामा कोरोना सङ्क्रमण भएको हो ।

उनीहरुको सुर्खेतमा रहेको कोरोना विशेष अस्पतालको आइसोलेसनमा राखेर उपचार भइरहेको महाशाखाले जनाएको छ । 

बुधबार १५ जनामा कोरोना सङ्क्रमण भएसँगै कर्णालीमा कोरोना सङ्क्रमितको सङ्ख्या ३८ पुगेको  छ । यसअघि सुर्खेतमा १५ र दैलेखमा आठ जनालाई कोरोना सङ्क्रमण भएको थियो । ३८ जनाकै सुर्खेतमा रहेको कोरोना विशेष अस्पतालमा उपचार भइरहेको  छ ।

रोजगारीका लागि भारतबाट फर्किनेको सख्या बढेपछि कर्णालीमा कोरोना सङ्क्रमणको जोखिम पनि बढेको छ । प्रदेश सरकारले संघीय सरकारसँग भारतबाट फर्किने नागरिकको उद्धार तथा क्वरेन्टीनको व्यवस्थापनमा नेपाली सेनालाई खटाउन स्वीकृति मागेको छ । 

जेठको आधासम्म प्रदेशमा करिब १३ हजार पाँचसय नागरिक भारतबाट फर्किएका छन् । प्रदेश सरकारले ३० हजारको हाराहारीमा भारतबाट फर्किने अनुमान गरेको छ । 

अन्तिम अपडेट: बैशाख २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

मुना हमाल

मुना हमाल सुर्खेतका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया