कर्णालीमा  थप १८ जनामा कोरोना सङ्क्रमण, कोरोना सङ्क्रमितको संख्या १ सय २३ पुग्यो

 जेठ १८, २०७७ आइतबार १०:४०:३२ | मुना हमाल
unn.prixa.net

सुर्खेत - कर्णाली प्रदेशमा कोरोना भाइरस (कोभिड(१९) सङ्क्रमितको संख्या एक सय २३ पुगेको छ । 

कर्णाली स्वास्थ्य विज्ञान प्रयोगशाला जुम्लामा भएको परीक्षणमा आइतबार १८ जनामा कोरोना सङ्क्रमण देखिएको हो । 
सामाजिक विकास मन्त्रालय अन्तर्गत स्वास्थ्य महाशाखाले प्रेस विज्ञप्ति मार्फत दैलेखका १७ जना र कालिकोटका एक जनामा कोरोना सङ्क्रमण पुष्टि भएको जनाएको हो ।  

कोरोना सङ्क्रमणबाट कर्णालीमा एक जनाको मृत्यु भइसकेको छ ।  भारतबाट फर्किएका दैलेखका ३५ वर्षीय युवाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको हो । 
पछिल्लो समय भारतबाट फर्किनेको संख्या बढेसँगै कर्णालीमा कोरोना सङ्क्रमणको जोखिम पनि बढेको छ ।

जेठ महिना यता मात्रै कर्णालीमा २३ हजार ७ सय ९१ जना भारतबाट आएका छन् । उनीहरु सबैलाई स्थानीय तहले बनाएका क्वरेन्टीनमा राखेको मन्त्रालयले जनाएको छ । 

अन्तिम अपडेट: बैशाख २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

मुना हमाल

मुना हमाल सुर्खेतका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया