बैतडीमा क्वरेन्टीनमा बसेकी महिलाको मृत्यु

 जेठ २०, २०७७ मंगलबार ११:३३:२९ | जयराज अवस्थी
unn.prixa.net

बैतडी - बैतडीमा क्वरेन्टीनमा बसेकी एक महिलाको मृत्यु भएको छ ।

जिल्लाको पुर्चौंडी नगरपालिका ४, भटनास्थित मालिका माध्यमिक विद्यालयको क्वरेन्टीनमा बसेकी भटनाकै २२ वर्षीया सुनिता लुहारको मंगलबार बिहान मृत्यु भएको हो ।

मृतक लुहार मुटु रोगको बिरामी रहेको भटना स्वास्थ्यचौकी इन्चार्ज रोहित कुमार धानुकले बताउनुभयो । लुहारको अवस्था सोमबार सामान्य रहे पनि आज बिहानै मृत्यु भएको उहाँले बताउनुभयो ।

मृतक लुहार जेठ १६ गते गौरिफण्टा नाकाबाट हुँदै स्वदेश फर्किएर जेठ १८ गतेदेखि श्रीमान र १८ महिने बच्चाकसहित क्वरेन्टीनमा बसिरहनुभएको थियो । 

मृतक भारतको पञ्जाबबाट मुटुरोगको उपचार गराएर फर्किएको भए पनि आर्थिक अभावका कारण विगत १२ दिनदेखि औषधी सेवन नगरेको उहाँका श्रीमान हरिश लुहारले बताउनुभयो । 

मृतको लुहारको स्वाब संकलन गर्ने तयारी भइरहेको छ भने पोष्टमार्टमका लागि शवलाई जिल्ला अस्पताल ल्याउने तयारी भइरहेको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले बताउनुभयो । 

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

जयराज अवस्थी

जयराज अवस्थी बैतडीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

1 Comments

  • Laxmi Datt Pandeya

    June 2, 2020, 7:03 p.m.

    स्वाव सङ्कलन गर्नुहुन्छ जिउदाे छदा हाेईन कि बितेपछि

  •  0 Reply

तपाईको प्रतिक्रिया