सुर्खेत : कोरोना सङ्क्रमित एक युवकको मृत्यु

 जेठ २३, २०७७ शुक्रबार ९:१०:५१ | मुना हमाल
unn.prixa.net

सुर्खेत - कोरोना सङ्क्रमित अर्का एक जनाको पनि मृत्यु भएको छ ।

क्वरेन्टीनमा बसेर आरडीटी परीक्षणमा नेगेटिभ रिपोर्ट आएपछि बुधबार घर फर्किएका पञ्चपुरी नगरपालिका-१ हाँसे गाउँका २० वार्षिय युवकको बिहीबार ज्यान गएको जिल्ला जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतका प्रमुख चेतननिधि वाग्लेले जानकारी दिनुभयो ।

मृतक गएको जेठ ७ गते भारतबाट फर्किएर जनता मावि विद्यापुरको क्वरेन्टीनमा बस्नु भएको थियो । ज्यान गुमाएका युवकलाई एक हप्ता परिवारसँग टाढा भएर बस्न सुझाव दिएपछि उहाँसहित पाँच जना छुट्टै बस्दै आउनुभएको थियो ।

प्रमुख वाग्लेका अनुसार युवकको ज्यान गएपछि वीरेन्द्रनगरमा गरिएको पीसीआर परीक्षणमा कोरोना सङ्क्रमण पुष्टि भएको हो । उहाँले स्थानीय पालिकासँग समन्वय गरेर नेपाली सेनाले शव व्यवस्थापन गर्ने तयारी भइरहेको जानकारी दिनुभयो ।

योसँगै कोरोना सङ्क्रमणबाट नेपालमा ज्यान गुमाउनेको संख्या ११ पुगेको छ । कर्णाली प्रदेशमा कोरोनाका कारण दुई जनाको ज्यान गएको छ भने अहिलेसम्म तीनसय ८९ जनालाई सङ्क्रमण पुष्टि भएको छ ।

अन्तिम अपडेट: बैशाख २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

मुना हमाल

मुना हमाल सुर्खेतका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया