'क्वरेण्टीन व्यवस्थापन राम्रो नहुँदा चुनौती थपियो'

 जेठ २४, २०७७ शनिबार १८:२८:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – सरकारले क्वरेण्टीनकाे व्यवस्थापन राम्रो हुन नसक्दा काेराेना भाइरस सङ्क्रमणकाे चुनौती थपिँदै गएको जनाएको छ । 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा भएको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डाक्टर विकास देवकोटाले सङ्क्रमण तथा ज्यान जाने क्रम बढेकोमा सरकार गम्भीर भएको र क्वरेण्टीन व्यवस्थापनको विषयलाई लिएर चिन्तित भएको बताउनुभयो ।

क्वरेण्टीनमा हुनुपर्ने स्वास्थ्य सेवाको लागि मन्त्रालयले समवन्वय गरिहरेको र अन्य व्यवस्थापनको लागि पालिका र प्रदेशले थप काम गर्नुपर्ने प्रवक्ता देवकाेटाले बताउनुभयो । 

क्वरेण्टीनमा जानुअघि र रहेका बेला स्वास्थ्य परीक्षण राम्रो हुन जरुरी रहेको, दीर्घरोगी र अन्य रोगी भएमा उनीहरुको विशेष ख्याल गर्न पनि मन्त्रालयले अनुरोध गरेको छ । 

यस्तै सरकारले कोरोना परीक्षणको सङ्ख्या बढाउन अटोमेटिक मेसिन र पीसीआर मेसिन थप्ने अन्तिम तयारी गरेको छ । अबको केही दिनमै अहिले जाँच भएका ठाउँमा परीक्षण मेसिन थपिने प्रवक्ता विकास देवकोटाले जानकारी दिनुभयो । 

अन्तिम अपडेट: बैशाख २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया