चेल्सीविरुद्ध आर्सनलको रोमाञ्चक जित

 साउन १७, २०७५ बिहिबार १२:२६:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

इन्टरनेशनल च्याम्पियन्स कपमा आर्सनलले चेल्सीलाई सडन डेथमा हराएको छ ।

गोलकिपर पिटर चेकले आफ्नो पूर्व क्लबविरुद्धको खेलको नियमित समय र सुटआउटमा एक–एक वटा पेनाल्टी बचाएपछि आर्सनलले एक गोलले पछि परेको अवस्थामा खेल जितेको थियो ।

पाँचौं मिनेटमा एन्टोनियो रुडिगरले सेस फ्याब्रिग्यासको पासमा गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए । १५औं मिनेटमा चेल्सीले पेनाल्टी पायो । अग्रता दोब्बर बनाउने मौमा रहेका अल्भारो मोराटाको पेनाल्टीलाई पिटर चेकले विफल बनाइदिए ।

खेलको करिब पूरै समय चेल्सीले एक गोलको अग्रता कायम राखेपछि खेल सकिनु १७ सेकेण्ड अगाडि अलेक्सान्द्रे लाकाजेटीले गोल गर्दै खेल बराबरीमा पु¥याए ।

त्यसपछिको पेनाल्टीमा आर्सनल ६–५ ले विजयी भयो । सुटआउटमा चेकले लफ्टस चिकको प्रहार बचाएपछि आर्सनल विजयी भएको थियो ।

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया