दोलखाका ७ व्यवसायीले १३ लाखभन्दा बढी रकम बराबरकाे घरभाडा नलिने

 जेठ ३०, २०७७ शुक्रबार २१:१४:२५ | उषा तामाङ
unn.prixa.net

दोलखा – दोलखाका उद्योगी व्यवसायीले एक महिनाको घरभाडा नलिने घोषणा गरेका छन् ।

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमण न्यूनीकरण गर्न गरिएको लकडाउनकाे कारण व्यापार व्यवसायमा प्रत्यक्ष प्रभाव परेको भन्दै व्यवसायीले जेठ महिनाको घरभाडा नलिने घोषणा गरेका हुन् ।

दोलखा उद्योग वाणिज्य सङ्घका पूर्वउपाध्यक्ष एवम् वर्तमान कार्यसमिति सदस्य युवा व्यवसायी दिनेश बस्नेतले एक महिनामा हुन आउने १२ लाख रुपैयाँ भाडा नलिने घोषणा गर्नुभएको छ । 

सदरमुकाम चरिकोटको सातदोबाटो चोक नजिकै रहेको अदिति कम्प्लेक्सका घर धनी बस्नेतले जेठ महिनाको कुल १२ लाख रुपैयाँ भाडा नलिने घोषणा गर्नुभएको हो । त्यसैगरी अर्का व्यवसायी दोलखा उद्योग वाणिज्य सङ्घका कार्यसमिति सदस्यहरु सुरेश उप्रेतीले ४७ हजार रुपैयाँ, व्यवसायी श्यामकृष्ण कायस्थले ३५ हजार रुपैयाँ भाडा नलिने घोषणा गर्नुभएको हो ।

दोलखा उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष एवम् युवा व्यवसायी सुन्दर कार्कीले ३० हजार रुपैयाँ, दोलखा उद्योग वाणिज्य सङ्घका कार्यसमिति सदस्यहरु बलराम थापाले २५ हजार रुपैयाँ, हिमाल न्यौपानेले १० हजार रुपैयाँ र दिनेश पाठकले १० हजार रुपैयाँ भाडा नलिने घोषणा गर्नुभएको हो । जिल्लाका सात जना जना व्यवसायीले कुल १३ लाख ५७ हजार रुपैैयाँ भाडा नलिने भएका हुन् ।

देशकै मेरुदण्डको रुपमा रहेको उद्योग व्यवसाय क्षेत्र धराशयी बन्दै गएको आम उपभोक्ता किसान र मजदुरहरुको दैनिक जीवनयापनमा समेत थप कष्टकर बन्दै गएकाेले भाडा नलिने घोषणा गरेको व्यवसायी सुन्दर कार्कीले जानकारी दिनुभयो । 

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

उषा तामाङ

उज्यालोका दोलखा सहकर्मी उषा तामाङ कालीञ्चोक एफएममा पनि कार्यरत हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया