शोकमा डुब्याे पर्वतको दुर्लुङ गाउँ, बेपत्ता जेनिसको खोजी कार्य प्रभावित

 असार १, २०७७ सोमबार १३:४९:४७ | सन्तोष थापा
unn.prixa.net

फाइल फोटो

पर्वत – कुश्मा नगरपालिका ३ दुर्लुङ ढकालबारीमा पहिरोमा बेपत्ता एक बालकको अवस्था अझै थाहा हुन सकेको छैन । शनिबार राति र आइतबार दिनभर सुरक्षाकर्मीले खोजी गरे पनि पहिरोमा हराएका १३ वर्षीय बालक जेनिस विक फेला नपरेका हुन् ।

साेमबार बिहानैदेखि सुरक्षा निकाय र स्थानीयवासी खोजीमा जुटिरहेको पर्वतका प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले जानकारी दिनुभयो । तर बिहानदेखि पानी परिरहेकाेले खोजीमा समस्या भइरहेको कुश्मा नगरपालिका ३ दुर्लुङका वडाध्यक्ष तेजप्रसाद पाध्याले बताउनुभयो ।

शनिबार राति तीन जना र आइतबार दिउँसोसम्म पाँच जना गरी आठ जनाको शव भेटिएको थियो । पहिरोमा पुरिएर आठ जनाको ज्यान गएपछि दुर्लुङ गाउँ अहिले शोकमा डुबेको छ । प्रदेश सरकारले मृतकका परिवारलाई जनही ५० हजार रुपैयाँको दरले राहत रकम प्रदान गरेको छ ।

त्यस्तै जिल्लास्तरीय विपद् कोषबाट प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले प्रतिपरिवारलाई एक लाख रुपैयाँ प्रदान गर्नुभएको छ । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सन्तोष थापा

पर्वतका उज्यालो सहकर्मी सन्तोष थापा त्यहाँको स्थानीय पत्रिकामा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया