राप्ती नदीमा ट्र्याक्टर खस्याे : एककाे ज्यान गयाे, एक बेपत्ता

 असार १, २०७७ सोमबार २०:३८:४२ | गोविन्द शर्मा
unn.prixa.net

बाँके - बाँकेको राप्ती सोनारी गाउँपालिका २ अगैयामा सोमबार ट्र्याक्टर राप्ती नदीमा खस्दा एक जनाको ज्यान गएको छ ।

दुर्घटनामा अर्का एक जना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । दुर्घटनामा राप्ती सोनारी ३ का २६ वर्षीय चुर्णबहादुर थारुको शव सुरक्षाकर्मीले नदीबाट बाहिर निकालेका छन् । 

दुर्घटनामा ट्र्याक्टर चालक सुनिल चौधरी बेपत्ता हुनुभएकाे छ ।  चालक ना ७ त ५१८ नम्बरको ट्याक्टर दिउँसो अनियन्त्रित भएर सिक्टा सिँचाइ आयोजनाको मुल नहरको रुपमा रहेको पुलबाट नदीमा खसेको प्रहरीले जनाएको छ ।  

बेपत्ताको खोजीकाे लागि सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली परिचालन गरिएको छ ।  

अन्तिम अपडेट: बैशाख १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

गोविन्द शर्मा

गोविन्द शर्मा बाँकेका उज्यालो सहकर्मी हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया