अमेरिकी दूतावासको भर्चुअल कन्सर्ट काठमाण्डौमा सुरु हुँदै

 असार ५, २०७७ शुक्रबार १३:५७:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - अमेरिकी दूतावासको आयोजनामा काठमाण्डौमा “ब्रिङगिङ् कम्युनिटिज टुगेदर” भर्चुअल कन्सर्ट हुँदैछ ।

शुक्रबार  साँझ ६ बजे हुने भर्चुअल कन्सर्टमा गायक दिवेश पोखरेल अर्थात् ‘आर्थर गन’ले प्रस्तुति दिंदै हुनुहुन्छ । अमेरिकन आइडलको १८ औं सिजनको उप बिजेता पोखरेल अमेरिकन आइडलबाट चर्चित भएका नेपाली–अमेरिकी संगीतकर्मी तथा गायक हुन् । 

भर्चुअल कन्सर्टमा गायक स्वप्न सुमन र गायिकाद्वय तृष्णा गुरुङ तथा समृद्धि राईको प्रस्तुति रहनेछ ।

यस्तै कार्यक्रममा  साङ्गीतिक प्रस्तुतिका साथै अमेरिकी राजदूत -यान्डी डब्ल्यु बेरी, जनस्वास्थ्य विज्ञ डा. अरुणा उप्रेती, र फेशन आइकन प्रबल गुरुङले पनि आशा, स्वास्थ्य, र ऐक्यबद्धताको सन्देश दिने कार्यक्रम छ ।

अमेरिकी दूतावासको फेसबुक पेजमा प्रत्यक्ष प्रसारण गरिने कन्सर्ट कोभिड १९ को महामारीमा नेपाली र अमेरिकी समुदायबीचको सहकार्यको नमुना हुने दूतावासले विश्वास व्यक्त गरेको छ ।  

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया