पर्वत : ५ जना स्वास्थ्यकर्मीमा सङ्क्रमण देखिएपछि ८१ जनाको स्वाब सङ्कलन, जिल्ला अस्पताल क्षेत्र सिल गरियो

 असार ५, २०७७ शुक्रबार १६:४८:१७ | सन्तोष थापा
unn.prixa.net

पर्वत - पर्वतमा कोरोना सङ्क्रमितको उपचारका लागि खटिएका २ जना डाक्टरसहित ५ स्वास्थ्यकर्मीमा कोरोना भाइरसको सङ्क्रमण देखिएपछि ८१ जनाको स्वाब सङ्कलन गरिएको छ । 

राष्ट्रिय प्रयोगशाला टेकुमा भएको स्वाब परीक्षणका क्रममा स्वास्थ्यकर्मीहरुमा सङ्क्रमण देखिएको हो । स्वास्थ्यकर्मीमा सङ्क्रमण देखिएपछि शुक्रबार पर्वत जिल्ला अस्पतालमा कार्यरत अन्य स्वास्थ्यकर्मीसहित सङ्क्रमित स्वास्थ्यकर्मीका परिवार र अस्पतालमा सञ्चालित क्यान्टिन सञ्चालकहरुको स्वाब सङ्कलन गरी परीक्षणका लागि पठाइएको स्वास्थ्य कार्यालय पर्वतका सूचना अधिकारी प्रवीण भण्डारीले जानकारी दिनुभयो । 

उहाँका अनुसार ८१ जनाको स्वाब सङ्कलन गरी पोखरा प्रयोगशालामा पठाइएको हो । सङ्क्रमितको उपचारमा संलग्न स्वास्थ्यकर्मीलाई कोरोना सङ्क्रमण पुष्टि भएपछि पर्वत अस्पतालमा इमर्जेन्सी बाहेकका सबै सेवा शुक्रबार बिहानैदेखि बन्द गरिएको छ । पर्वत जिल्ला अस्पताल सञ्चालित क्षेत्र सिल गरिएको भण्डारीले जानकारी दिनुभयो । 

स्रोतका अनुसार कोरोना सङ्क्रमित स्वास्थ्यकर्मीहरुले पर्वत जिल्ला अस्पतालमा रहेका बिरामीहरुलाई समेत सेवा प्रवाह गरेको बुझिएको छ । परीक्षणका लागि पठाइएको रिपोर्टको नतिजा नआउँदै स्वास्थ्यकर्मीहरु असार २ गतेदेखि ४ गते साँझसम्म नियमित ड्युटीमा रहेको स्रोतले जनाएको छ । स्वास्थ्यकर्मीहरु असार ४ गते राती कोरोना पोजेटिभ भएको जानकारी पाएपछि मात्रै ड्युटीबाट बाहिरिएको जानकारी प्राप्त भएको छ । 

कुश्मा बजार क्षेत्रका अत्यावश्यक बाहेकका सेवा बन्द गर्न आह्वान

पर्वत उद्योग वाणिज्य सङ्घ​ले कोरोना भाइरस समुदायमा फैलिन सक्ने त्रासले अत्यावश्यक बाहेकका सबै उद्योग व्यवसाय बन्द गर्न व्यवसायीहरुलाई आग्रह गरेको छ । 

सङ्घका अध्यक्ष केदारनाथ शर्माले विज्ञप्ति निकालेर कोरोना भाइरसको  सङ्क्रमण समुदायमा समेत आउन सक्ने खतरालाई मध्यनजर गर्दै व्यवसाय बन्द गर्न आग्रह गर्नुभएको हो । 

पर्वतमा पाँच जना स्वास्थ्यकर्मीसहित अहिलेसम्म ४३ जना सङ्क्रमित पुगेका छन् भने ८ जना निको भएर घर फर्किएका छन् । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सन्तोष थापा

पर्वतका उज्यालो सहकर्मी सन्तोष थापा त्यहाँको स्थानीय पत्रिकामा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया