पर्वत अस्पतालकाे सेवा ठप्प : पाेस्टमार्टम गर्नुपर्ने शव बोकेर बाग्लुङ र म्याग्दी धाउँदै प्रहरी

 असार ६, २०७७ शनिबार १५:५०:५६ | सन्तोष थापा
unn.prixa.net

पर्वत – पर्वत अस्पतालमा कार्यरत पाँच जना स्वास्थ्यकर्मीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि अस्पतालकाे सेवा ठप्प भएकाे छ । अस्पतालकाे सेवा ठप्प भएपछि पर्वत प्रहरी पोस्टमार्टम गर्नुपर्ने शव बोकेर हिँड्न बाध्य भएकाे छ । 

जिल्ला अस्पताल पर्वतमा कोरोना सङ्क्रमण देखिएसँगै अस्पताल व्यवस्थापन पक्षले अस्पताल क्षेत्र सिल गर्दा शव पाेस्टमार्टम गर्न समस्या भएको हो । 

पर्वत प्रहरीले शुक्रबार छुट्टाछुट्टै ठाँउमा आत्महत्या घटनाका दुई शवकाे छिमेकी जिल्ला बागलुङ र म्याग्दीको बेनी अस्पतालमा लगेर पोस्टमार्टम गरेकाे हाे । 

जिल्ला अस्पतालमा इमर्जेन्सीबाहेकका सेवा ठप्प भएपछि प्रहरीले पाेस्टमार्टमकाे लागि कुश्मा नगरपालिका १ पाङकी सुस्मिता पौडेलको शव म्याग्दीकाे बेनी अस्पताल र कुश्मा नगरपालिका १३ खौला लाँकुरीकी आशा कुँवरको शव बाग्लुङ लगेको हो । 

अस्पताल बन्द भएपछि प्रहरीलाई अन्य घटनामा संलग्नको  र हिरासतमा राख्नुपर्नेहरुको स्वास्थ्य परीक्षणमा समस्या भएको छ । 

शुक्रबार पर्वत जिल्ला अस्पतालमा कार्यरत दुई जना डाक्टरसहित दुई नर्स र एक जना कार्यालय सहयोगीमा कोरोना भाइरस सङ्क्रमण पोजेटिभ देखिएको थियो ।  

अन्तिम अपडेट: बैशाख १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सन्तोष थापा

पर्वतका उज्यालो सहकर्मी सन्तोष थापा त्यहाँको स्थानीय पत्रिकामा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया