कर्णालीमा थप ११ जनामा कोरोना सङ्क्रमण, १४ जना निको भएर घर फर्किए

 असार ७, २०७७ आइतबार १४:५१:५१ | मुना हमाल
unn.prixa.net

सुर्खेत – कर्णाली प्रदेशमा थप ११ जना कोरोना सङ्क्रमित थपिएका छन् । 

आइतबार ११ जनामा कोरोना पुष्टि भएको सामाजिक विकास मन्त्रालय अन्तर्गतको स्वास्थ्य सेवा महाशाखाले जनाएको छ ।  योसँगै कर्णालीमा कोरोना सङ्क्रमितकाे कुल सङ्ख्या एक हजार दुई सय ५६ पुगेको छ । 

प्रदेश अस्पताल, पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेत र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा गरिएको परीक्षणमा आइतबार सल्यानका ६ जना, सुर्खेत र  दैलेखका दुई/दुई जना र रुकुम पश्चिमका एक जनामा कोरोना सङ्क्रमण देखिएको हो । 

यस्तै कर्णालीमा कारोनामुक्त भएर घर फर्कनेकाे सङ्ख्या पाँच सय ३१ पुगेको छ । आइतबार थप १४ जनालाई डिस्चार्ज गरिएकाे हाे ।

नौमुले आइसोलेशन सेन्टरबाट सात जना,  प्रदेश अस्पताल सुर्खेतबाट तीन जना, सल्यान बहुमुखी क्याम्पस आइसोलेशन सेन्टरबाट तीन जना र जाजरकोट अस्पतालबाट एक जना कोरोनामुक्त भएर घर फर्किएको महाशाखाले जानकारी दिएको छ । कर्णाली प्रदेशमा काेराेनाबाट अहिलेसम्म चार जनाकाे ज्यान गएकाे छ । 

अन्तिम अपडेट: बैशाख २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

मुना हमाल

मुना हमाल सुर्खेतका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया