'अमेरिकामा कोरोना सङ्क्रमितको वास्तविक सङ्ख्या अहिले पुष्टि भएको भन्दा १० गुणा बढी हुनसक्छ'

 असार १२, २०७७ शुक्रबार ८:३८:१३ | एजेन्सी
unn.prixa.net

काठमाण्डौ - अमेरिकाको सेन्टर फर् डिजिज कन्ट्रोल (सीडीसी) ले दुई  करोडभन्दा धेरै अमेरिकीमा कोरोना भाइरसको सङ्क्रमण भइसकेको हुनसक्ने अनुमान गरेको छ ।

सीडीसीका निर्देशक डाक्टर रोबर्ट रेडफिल्डले‌ बिहीबार सञ्चारमाध्यमसँग भने, 'एक जनामा कोरोना सङ्क्रमण भएको रिपोर्ट हुँदा थप १० जनामा सङ्क्रमण भएको हुनसक्ने अनुमान गरेका छौँ ।'

साथै सीडीसीले अमेरिकामा कोरोना महामारीबाट कैयौँ युवा प्रभावित भएको जनाएको छ । यस्तो हुँदा सङ्क्रमित व्यक्तिको मृत्यु हुने सङ्ख्यामा कमी आउने सीडीसीले भनेको छ ।

सीडीसीका सङ्क्रामक रोग विशेषज्ञ डा. जोय बटलरका‌ अनुसार युवाहरु कोरोना महामारीको चपेटामा पर्नुको कारण उनीहरु महामारीप्रति अन्य उमेर समूहका व्यक्ति जस्तै सजग नहुनु हो । 

सीडीसीले युवामा कोरोना महामारीबारे जागरुकता बढाउन टिकटक जस्ता सामाजिक सञ्जालको प्रयोग गर्ने विषयमा सोचिरहेको जनाएको छ । 

जोन्स हप्किन्स विश्वविद्यालयको तथ्याङ्क अनुसार अमेरिकामा २५ लाखभन्दा धेरै सङ्क्रमित भइसकेका छन् भने अहिलेसम्म एक लाखभन्दा धेरैको ज्यान गएको छ।

अन्तिम अपडेट: बैशाख २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया