नेपालगञ्ज : किर्ते कागजात बनाएर सवा करोड ऋण

 असार १२, २०७७ शुक्रबार १९:४७:५८ | गोविन्द शर्मा
unn.prixa.net

बाँके – नेपालगञ्जमा अर्काकाे जग्गाको नक्कली कागजपत्र तयार गरी एक व्यवसायीले सरकारी बैंकबाट एक करोड २५ लाख रुपैयाँ ऋण लिएको खुलेको छ । 

घटनामा व्यवसायसहित बैंकका शाखा प्रबन्धकलाई अनुसन्धानकाे लागि पक्राउ गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिका १३ का सुनचाँदी व्यवसायी रिजवान अहमद जसगढले राष्ट्रिय वाणिज्य बैंक त्रिभुवन चोक शाखाबाट दुई करोड रुपैयाँ ऋण स्वीकृत गराइ एक करोड २५ लाख रुपैयाँ पाइसकेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । 

यस घटनामा बैंकका शाखा प्रबन्धक ललितबहादुर शाहीलाई अनुसन्धानकाे लागि शुक्रबार पक्राउ गरिएकाे छ । बैंकबाट ऋण पाउनकाे लागि जसगढले नक्कली जग्गाको लालपुर्जा, तिरो तिरेको रसिद, नक्सा पाससमेत किर्ते गरेको पाइएको प्रहरीले जनाएको छ । 

नक्कली कागजात बनाउन नेपालगञ्ज उपमहानगरपालिकाको लेटर प्याड, हस्ताक्षर छाप र प्रमुखको हस्ताक्षरसमेत किर्ते गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । बैंकमा ऋणकाे लागि चार वटा धितो पेस गरेकोमा दुई वटा नक्कली भएकाे पाइएको छ । नेपालगञ्ज ११ भट्टी टोलका चार/चार धुरका दुई वटा धितो नक्कली पाइएको हो । 

नेपालगञ्ज उपमहानगरपालिकाले नक्कली कागजात बनाएर ऋण लिएको जानकारी पाएपछि अनुसन्धान गर्न जिल्ला प्रहरीलाई अनुरोध गरेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक सुवास खड्काले जानकारी दिनुभयो । 

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

गोविन्द शर्मा

गोविन्द शर्मा बाँकेका उज्यालो सहकर्मी हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया