तीन दिनका लागि झुलाघाट नाका खुल्दै

 असार २४, २०७७ बुधबार ११:२९:४५ | जयराज अवस्थी
unn.prixa.net

बैतडी – भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका आजदेखि तीन दिनसम्म खुल्ने भएको छ ।

नेपाल र भारतका स्थानीय प्रशासनको समन्वयमा आजदेखि तीन दिनका लागि सीमा नाका खोल्ने सहमति भएको सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्रसिंह नेगीले जानकारी दिनुभयो । 

सीमा नाकामा फसेका नागरिकलाई स्वदेश फर्काउने, भारतबाट पेन्सन बुझ्ने नागरिकलाई पेन्सन बुझ्नका लागि र नेपालबाट भारत फर्कन चाहने भारतीय नागरिकका लागि सीमा नाका खोल्ने तयारी भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

बुधबार बिहान ९ बजेदेखि सीमा नाका खुल्ला गरिएको हो । भारतमा पेन्सन बुझ्ने दैनिक एक सय जनालाई मात्रै नाकाबाट भारत पस्न दिइने जनाइएको छ । त्यसका लागि ज्येष्ठताको आधारमा सोल्जर बोर्डले कुपनको व्यवस्था गरेको छ । 

यस्तै सीमा नाकाबाट फर्कने नागरिकलाई समान्य परीक्षण गरेर स्वदेश फर्काइनेछ । सीमा नाकामा करिब २ सय जति नागरिक रहेको अनुमान गरिएको छ । कोरोना भाइरसको जोखिमका कारण अन्तर्राष्ट्रिय सीमा नाका बन्द भएकाले दुवै देशका स्थानीय प्रशासनहरुको सहमतिमा नाका खुल्न लागेको हो ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

जयराज अवस्थी

जयराज अवस्थी बैतडीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया