एशियाडमा ४० हजार सुरक्षाकर्मी परिचालन

 साउन २०, २०७५ आइतबार ७:५:४३ | उज्यालो सहकर्मी
unn.prixa.net

एशियाडलाई मध्यनजर गर्दै इण्डोनेशियाले राजधानी जाकार्ता र पालेम्बैंगमा झण्डै ४० हजार सुरक्षाकर्मी परिचालन गरेको जनाएको छ ।

अगस्ट १८ देखि सेप्टेम्बर २ तारिखसम्म चल्ने प्रतियोगितको सुरक्षाका लागि उनीहरुलाई परिचालन गरिएको त्यहाँका अधिकारीले जानकारी दिएका छन् ।

प्रतियोगिताका दौरान सम्भावित आतंवादी हमला रोक्नका लागि यो कदम चालिएको हो ।

४० हजार सुरक्षाकर्मी परिचालन गरिसकेको इण्डोनेशियाले थप १० हजार सुरक्षाकर्मी तयारी अवस्थामा राखको पनि जनाएको छ । त्यहाका प्रहरी प्रवक्ता यूसुरी यूनुसले प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको र सुरक्षा अवस्था पनि मजबुत भएको जनाएका छन् । 

प्रतियोगितालार्ई मध्यनजर गर्दै विमानस्थल, सपिङ मल, पर्यटकीय क्षेत्र तथा होटेलहरुमा सुरक्षा व्यवस्था कडा पारिएका पनि बताए ।

इण्डोनेशीयाले पछिल्लो दश बर्षमा पटक पटक आतंकवादी हमला ब्यहोरकाले पनि प्रतियोगिताका लागि सुरक्षा व्यवस्था कडा बनाइएको हो ।

प्रहरीकै भनाईलाई आधिकारिक मान्ने हो भने एशियाडको सुरक्षा व्यवथा मजबुत बनाउने क्रममा ७ सय आपराधिक गतिविधीमा संलग्नलाई पक्राउ गरिएको छ, त्यस मध्ये १५ जनालाई गोलि हानी मारिएको छ । 
यसै साता देखि सुरु हुने एशियाडमा ४५ देशका ११ हजार बढी खेलाडीहरु सहभागी हुँदैछन् । एशियाड ओलम्पिक पछिको दोस्रो ठूलो खेल प्रतियोगिता हो ।
 

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया