पूर्व जनमुक्ति सेनालाई मासिक १० हजार भत्ता दिन माग

 साउन २०, २०७५ आइतबार १९:२९:३३ | मुना हमाल

सुर्खेत – कर्णाली प्रदेशका पूर्व जनमुक्ति सेनाहरुले आफूहरुलाई मासिक १० हजार रुपैयाँ भत्ता उपलब्ध गराउनुपर्ने माग राखेका छन् ।

शहीद परिवार तथा पूर्व जनमुक्ति सेना विभागले प्रेस विज्ञप्ति मार्फत पूर्व जनमुक्ति सेनालाई गणतन्त्र ल्याउने महत्वपूर्ण भूमिका खेलेवापत गणतान्त्रिक भत्ता स्वरुप मासिक १० हजार रुपैयाँ उपलब्ध गराउनुपर्ने माग राखेका हुन् ।

‘आफ्नो ज्यानको प्रवाह नगरी युद्ध लड्ने जनमुक्ति सेनालाई राज्यले सम्मान गर्न नसक्नु समस्या हो’, विज्ञप्ति भनिएको छ, ‘विगतमा गरेको योगदानलाई मूल्याङ्कन गर्दै आगामी दिनमा देश र जनताको लागि समर्पित हुने वातावण सृजना गर्न शहीद र पूर्व जनमुक्ति सेनालाई गणतन्त्र ल्याउन महत्वपूर्ण भूमिका खेलेको भन्दै गणतान्त्रिक भत्ता र गणतान्त्रिक परिचय पत्र व्यवस्थापना लागि सरकारसँग माग गर्दछौँ ।’ 

उनीहरुले पूर्व जनमुक्ति सेना विभागले स्वास्थ्य बीमा, छात्रवृत्ति कोठा निर्धारण गर्न पनि माग गरेका छन् ।    
 

अन्तिम अपडेट: बैशाख २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

मुना हमाल

मुना हमाल सुर्खेतका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया