कर्मचारीमा काेराेना सङ्क्रमण देखिएपछि वडा कार्यालय सिल

 साउन २६, २०७७ सोमबार १६:२२:९ | सुमन गुरुङ
unn.prixa.net

कास्की – पोखरा महानगरपालिका २७ की एक कर्मचारीमा कोरोनाकाे सङ्क्रमण पुष्टि भएको छ । वडामा कार्यरत ४० वर्षीया महिलामा कोरोना पुष्टि भएको वडाध्यक्ष पूर्णबहादुर गुरुङले जानकारी दिनुभयो ।

वडा कार्यालयमा कार्यरत कर्मचारीमा कोरोना देखिएपछि यही साउन ३० गतेसम्म कार्यालय बन्द गर्ने निर्णय गरिएको छ । ‘मेयर साबसँग कुरा भएपछि महानगरबाट ३० गतेसम्म बन्द गर्ने पत्र प्राप्त भएको छ’, उहाँले भन्नुभयो  । 

सोमबार गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले निकालेको सूचनाअनुसार पोखराको वडा नम्बर ५ र वडा नम्बर २७ मा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सोमबारमात्र प्रदेशमा कास्कीका दुई जनासहित आठ जनामा कोरोना पुष्टि भएको हो । 

तनहुँको भानु नगरपालिका र बन्दीपुर गाउँपालिकाका दुई जना पुरुषमा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएको निर्देशनालयले जानकारी दिएको छ । उनीहरु दुवै जनाको उमेर ३४ वर्ष रहेको छ । पर्वतको मोदी गाउँपालिकाका ५२ वर्षीय पुरुष र स्याङ्जाको गल्याङ नगरपालिकाका ५२ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको छ ।

यसैगरी नवलपुरको गैँडाकोट नगरपालिका २ का ३२ वर्षीया महिला र ३७ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको छ । योसँगै गण्डकी प्रदेशमा कोरोना सङ्क्रमितकाे सङ्ख्या एक हजार ६ सय २० पुगेको छ ।  

अन्तिम अपडेट: बैशाख १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सुमन गुरुङ

कास्कीका उज्यालो सहकर्मी  सुमन गुरुङ रेडियाे तरङ्गमा पनि काम गर्नुहुन्छ ।

तपाईको प्रतिक्रिया