आजदेखि धनकुटा नगरपालिकाका ६ वडा निषेधित क्षेत्र घाेषित

 साउन २९, २०७७ बिहिबार १४:४:५७ | सन्ताेष रुचाल
unn.prixa.net

धनकुटा – धनकुटा नगरपालिकाका ६ वटा वडामा एक हप्ता निषेधित क्षेत्र घोषणा गरिने भएको छ । प्रमुख जिल्ला अधिकारी केशवप्रसाद बिमलीको अध्यक्षतामा बसेको कोभिड–१९ सङ्कट व्यवस्थापन समितिको बैठकले निषेधित क्षेत्र घोषणा गर्ने निर्णय गरेको हो ।

सङ्क्रमण ऐन २०२० बमोजिम आवत जावतमा प्रतिबन्ध लगाउन धनकुटा नगरपालिकाको वडा नम्बर १, ३, ४, ५, ६ र ७ मा बिहीबार राति १२ बजेदेखि भदौ ४ गते राति १२ बजेसम्म निषेधित क्षेत्र घोषणा गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी केशवप्रसाद बिमलीले बताउनुभयो ।

धनकुटाबाट प्रदेश सभामा प्रतिनिधित्व गर्ने सांसद कुसुम श्रेष्ठसहितका व्यक्तिमा कोरोना सङ्क्रमण पुष्टि भएपछि उहाँहरुको कन्ट्याक ट्रेसिङमा धेरै व्यक्ति परेकाले निषेधित क्षेत्र घोषणा गरेर स्वाब सङ्कलन गर्न लागिएको छ । स्वाब सङ्कलन गरिएका व्यक्तिको रिपोर्ट नआउँदासम्मका लागि आवत जावतमा प्रतिबन्ध लगाउन निषेधित क्षेत्र घोषणा गर्ने निर्णय भएको हो ।

यस्तै दुई सयभन्दा धेरै सक्रिय सङ्क्रमित भएका जिल्लाका नागरिकलाई धनकुटामा आवागमनमा रोक लगाउने निर्णय पनि गरेको प्रमुख जिल्ला अधिकारी बिमलीले जानकारी दिनुभयो । प्रदेश सांसद श्रेष्ठ र उहाँका श्रीमानसहित अहिलेसम्म धनकुटामा १९ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

धनकुटा नगरपालिकाले पनि अत्यावश्यकबाहेकका सबै सेवा एक हप्ताको लागि बन्द गर्ने निर्णय गरेको छ । सार्वजनिक भेला, भोजभतेर, गोष्ठी, बैठक, चाड मनाउने जस्ता भिडभाड हुने कुनै पनि गतिविधि नगर्न नगरबासीमा अनुरोध गरिएको धनकुटा नगरपालिकाले जनाएको छ ।  

अन्तिम अपडेट: बैशाख १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सन्ताेष रुचाल

रुचाल धनकुटाका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया