कोरोना नियन्त्रण प्रदेश सरकारको पहिलो प्राथमिकता : मुख्यमन्त्री भट्ट

 भदौ १, २०७७ सोमबार १६:४३:२७ | विमल बिष्ट
unn.prixa.net

डोटी – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले कोरोना भाइरसको रोकथाम तथा नियन्त्रण गर्नु नै सुदूरपश्चिम प्रदेश सरकारको प्रमुख प्राथमिकता रहेको बताउनुभएको छ । 

सोमबार डोटीको दिपायल राजपुरमा प्रेस सेन्टर डोटीले आयोजना गरेको जिल्लाका पत्रकारहरुसँगको भेटघाट कार्यक्रममा बोल्दै उहाँले प्रदेश सरकार कोरोना नियन्त्रण अभियानमा बढी केन्द्रित भएको बताउनुएको हो । 

‘कोरोना रोकथाम तथा नियन्त्रणमा प्रदेश सरकार बढी केन्द्रित भएको छ’, उहाँले भन्नुभयो, ‘कोरोनालाई परास्त गरेरै छोड्ने छौँ ।’

यस्तै मुख्यमन्त्री भट्टले प्रदेश सरकारले कोरोना नियन्त्रणमा उल्लेख्य भूमिका खेलेका कारण समुदायमा कोरोना फैलिन नपाएको दाबी समेत गर्नु भयो । 

भारतबाट फर्किएका ८० देखि ९० हजार नागरिक क्वरेण्टीनमा राख्ने सम्भवतः सुदूरपश्चिम पहिलाे प्रदेश भएकाे भन्दै उहाँले भन्नुभयो, ‘हामीले बेलैमा सचेतता अपनाउदा समुदायमा कोरोना फैलिनबाट बँचेका छौँ, हामी कोरोनालाई नियन्त्रण गरेरै छोड्छौँ ।’

यस्तै मुख्यमन्त्री भट्टले संघीय सरकारले प्रदेश सरकारको कुरा नसुन्दा सुदूरपश्चिम प्रदेशमा कोरोना सङक्रमितको सङ्ख्या बढेको आरोप लगाउनुभयो ।

‘हामीले सीमानाका सिल गरौँ र पीसीआर परीक्षण गरेर मात्रै नेपाल छिर्न दिउँ भन्दा संघीय सरकारले मानेन’, उहाँले भन्नुभयो, ‘संघीय सरकारले प्रदेश सरकारले भनेको नमान्दा जम्मा दुईजना सङ्क्रमित देखिएको सुदूरपश्चिममा हजारौँ सङ्क्रमित थपिए, हामीलाई नियन्त्रण गर्न समस्या भयो ।’

फरक सन्दर्भमा एउटै गाउँपालिकामा बर्सेनि एउटै किसिमका योजनामा बजेट पर्ने गरेको भन्ने पत्रकारहरुको जिज्ञासामा मुख्यमन्त्री भट्टले प्रदेश सरकारले त्यसो नगरेको र कहीँकतैबाट त्यसो भएको पाइएमा तत्काल खारेज गरिने समेत बताउनुभयो । 

अन्तिम अपडेट: बैशाख २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया