सशस्त्रका २८ खेलाडीसहित ३६ जनामा काेराेना सङ्क्रमण

 भदौ ५, २०७७ शुक्रबार १९:१४:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – काठमाण्डौ र भक्तपुरमा कार्यरत ३६ जना सशस्त्र प्रहरीमा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएको छ ।

भक्तपुरको दुवाकोटमा रहेको गुह्येश्वरी गणका २० जना र नीलवाराही गण कीर्तिपुरका १६ जना सशस्त्र प्रहरीमा कोरोनाकाे सङ्क्रमण देखिएको सशस्त्र प्रहरीका प्रवक्ता, प्रहरी नायब महानिरीक्षक (डीआईजी) राजु अर्यालले जानकारी दिनुभयो ।

उनीहरु सीमा क्षेत्र सिल गर्ने क्रममा तराईका विभिन्न जिल्लामा खटिएर फर्किएका रहेकाे उहाँले बताउनुभयो । उनीहरुमध्ये २८ जना खेलाडी रहेका पनि प्रवक्ता अर्यालले जानकारी दिनुभयो ।  

नेपालमा काेराेना भाइरसकाे जाेखिम बढ्दै जाँदा सर्वसाधारणसँगै विभिन्न कार्यालयका कर्मचारीमा पनि काेराेना भाइरसकाे सङ्क्रमण देखिने क्रम बढेकाे छ । 
 

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया