धरानमा कोरोना सङ्क्रमित आमाछोराको ज्यान गयो

 भदौ १४, २०७७ आइतबार १३:२५:७ | सुमन तिमल्सिना
unn.prixa.net

मोरङ – सुनसरीको धरानमा रहेको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आइतबार बिहान दुई जनाको ज्यान गएको छ । प्रतिष्ठानको कोभिड १९ अस्पतालमा उपचार गराइरहेका धरान उपमहानगरपालिका वडा नम्बर १७ का कोरोना सङ्क्रमित आमाछोराको ज्यान गएको हो । 

धरान उपमहानगरपालिका १७ की ७४ वर्षीया महिला र उनकै ६० वर्षीय छोराको बिहान ४५ मिनेटको फरकमा ज्यान गएको अस्पतालले जनाएको छ । वृद्धा आमालाई शनिबार राति प्रतिष्ठानमा भर्ना गरिएको थियो । उनको बिहान साढे ८ बजे ज्यान गएको हो । मधुमेह, उच्च रक्तचापको बिरामी उनमा शनिबार नै कोरोना सङ्क्रमण पुष्टि भएको थियो । 

उनका छोराको बिहान ७ बजेर ४५ मिनेटमा ज्यान गएको प्रतिष्ठानका प्रवक्ता डा. दिनेश सापकोटाले जानकारी दिनुभयो । उनलाई पनि शनिबार नै कोरोना पुष्टि भएपछि राति प्रतिष्ठानमा भर्ना गरिएको थियो । उनमा मधुमेह र कलेजाेकाे समस्या देखिएको प्रतिष्ठानले जनाएको छ ।  

अन्तिम अपडेट: बैशाख १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सुमन तिमल्सिना

सुमन तिमल्सिना मोरङका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया