रुकुम पश्चिम : आइसोलेशनमा रहेका २८ काेराेना सङ्क्रमितमध्ये १९ जना एकैदिन डिस्चार्ज

 भदौ २०, २०७७ शनिबार १८:११:१९ | राजु लामिछाने
unn.prixa.net

रुकुम पश्चिम - कोरोना सङ्क्रमित भएर रुकुम पश्चिमकाे विभिन्न ठाउँका आइसोलेशनमा रहेका २८ जनामध्ये शनिबार १९ जना डिस्चार्ज भएका छन् ।

कोरोना सङ्क्रमणपछिको पहिलो परीक्षण रिपोर्ट नेगेटिभ आएर पनि १४ दिन आइसोलेशनमा बसेकाहरुलाई डिस्चार्ज गरिएको हो । 

स्वास्थ्य सेवा कार्यालय रुकुम पश्चिमका कोरोना रोग फोकल पर्सन ईश्वर रावलकाअनुसार दुई वर्षकादेखि ४० वर्षसम्मकाले कोरोना जितेर घर फर्किएका छन् । उनीहरुलाई आठबीसकोट नगर अस्पताल, जिल्ला अस्पताल तथा मुसीकोट नगरपालिकाको आइसोलेशनमा राखिएकाे थियाे । फोकल पर्सन रावलकाअनुसार अब रुकुम पश्चिममा ९ जना कोरोनाका सक्रिय सङ्क्रमित रहेका छन् । 

अहिलेसम्म ६४ जनालाई कोरोना सङ्क्रमण पुष्टि भएकामा ५५ जनाले कोरोना जितेका छन् भने अन्य सङ्क्रमितहरुको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ । 

अन्तिम अपडेट: बैशाख २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

राजु लामिछाने

राजु लामिछाने रुकुमका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया